गण्डकी सरकारलाई यातायात व्यवसायीको २ दिने अल्टिमेटम
माग पूरा नगरे गाडी घर-ग्यारेजमा थन्काउने चेतावनी
पाेखरा | साउन १०, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी कार्यविधि बनाउन लागेको भन्दै २ दिने अल्टिमेटम दिएको छ ।
महासंघले पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्ना मागहरु ४८ घण्टामा पूरा नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए ।
उनले प्रदेश सरकारलाई ७ बुँदे माग राखेको बताउदै तत्काल सरकारले आफुहरुको माग सम्बोधन नगरे यही १३ गतेदेखि आन्दोलमा उत्रने बताए ।
निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।
यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।
आफ्ना मागहरु तत्काल सम्बोधन नभए यही १३ गतेदेखि सवारी साधन घर तथा ग्यारेजमा राखी लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन नगर्ने यातायात व्यवसायीको अडान छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

